ईयु छाड्न बेलायतको माथिल्लो सदनले ब्रेक्जिट प्रस्ताव पारित गर्यो



लन्डन, एजेन्सी ।
बेलायतको माथिल्लो सदनले युरोपेली संघ छाड्न ब्रेक्जिट प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारितसँगै बेलायतलाई ईयु छोड्न कानुनी प्रक्रिया थाल्न अनुमति मिलेको छ ।

ब्रिटिस सरकारले ईयुका नागरिकको आवासीय अधिकार सुनिश्चित गर्नुपर्ने र अन्तिम सम्झौतामाथि सांसदहरुलाई मतदान गर्न दिनुपर्ने माथिल्लो सदनको यसअघिको निर्णयबाट भने ऊ पछि हटेको छ ।

ब्रिटेनले ईयू छाड्ने औपचारिक प्रक्रिया यसै महिनाको अन्त्यबाट शुरु गर्ने योजना बनाएको छ । तर स्कटल्याण्डले ब्रिटेनबाट स्वतन्त्र हुनेरनहुनेबारे दोस्रो जनमतसंग्रहको घोषणा गरेकाले यो प्रक्रिया जटिल बनेको बताइन्छ ।

प्रधानमन्त्री थेरेसा मेले ईयूबाट बाहिरिने विषयमा यही महिनाको अन्त्यमा मात्रै संघलाई औपचारिक जानकारी गराउने ठानिएको छ । ब्रेक्जिटको पक्ष वकालत गर्नेहरुले सरकारलाई औपचारिक वार्ताका लागि स्पष्ट जनादेश दिएको भन्दै स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्