कोइलाखानीमा दुर्घटना सत्र चिनियाँ कामदारको मृत्यु



बेइजिङ, १ चैत । चीनको एउटा कोइला खानी रहेको लिप्टमा भएको दुर्घटनामा परी १७ जना चिनियाँ मजदुरहरुको मृत्यु भएको छ ।

चीनको उत्तरपुर्वी क्षेत्रमा पर्ने हेइलोङजिआङ प्रदेशमा राज्यद्धारा सन्चालित कोईलाखानीमा दुर्घटना भएको चिनियाँ संचार माध्यमहरुले जनाएका छन् ।

घटना गत बिहीबार भएको भएपनि उनीहरुलाई उद्धार गर्न पुगेका उद्धारकर्मीहरुले सोमबार उनीहरु जिवित नरहेको जानकारी दिएका हुन् ।

घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । खानीका व्यवस्थापकलाई पनि निलम्बन गरिएको छ ।

चीन संसारको सवै भन्दा धेरै कोइला उत्पादन गर्ने देश हो भने कोईला खानीमा हुने दुर्घटनामा बर्षेनी धेरै जनाको मृत्यु हुने गरेको छ ।

गत डिसेम्बरमा पनि दुई वटा कोइला खानीमा भएका विस्फोटनमा परी कम्तीमा ५९ जनाको मृत्यु भएको थियो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्