नेपाली मूलकी महिलामाथि सामूहिक बलात्कार



पाँच अभियुक्त पक्राउ
नयाँदिल्ली, (एजेन्सी)
नेपाली मूलकी एक महिलालाई दिल्लीको पान्डब नगर इलाकामा सामूहिक बलात्कार गरेको आरोपमा पाँच जनालाई गिरफ्तार गरिएको छ।

प्रहरीले घटनाको पुष्टि गर्दै उक्त मामिलामा संलग्न अभियुक्त गिरफ्तार भइसकेको जानकारी दिएको छ। मेडिकल जाँचमा महिला बलात्कार भएको पुष्टि भएको छ। मेजिस्ट्रेटका रोहबरमा महिलाको बयान दर्ता गरिएको छ।

पान्डव नगरको एउटा फ्ल्याटमा ती महिलालाई जबरजस्ती रक्सी ख्वाइएको र त्यसपछि पाँच जनाले पालैपालो बलात्कार गरेको र त्यही घरमा उसलाई थुनेर गएका थिए। भाग्ने प्रयासमा पहिलो तल्लाको उक्त फ्ल्याटबाट तल हामफाल्दा उनको खुट्टा भाँच्चिएको थियो।

वरपरका बटुवालाई उनले आफ्नो पीडा सुनाइन्। तीमध्ये एक जनाले प्रहरीलाई त्यसको जानकारी दिए। महिलााको उजुरीको आधारमा अभियुक्तहरुलाई सामूहिक बलात्कार, गैरकानुनी तरिकाले नजरबन्द गरेको र अप्राकृतिक यौन सम्बन्ध राखेको आरोप लगाइएको छ। पाँचैजना अभियुक्त कलसेन्टरमा काम गर्ने कर्मचारी हुन्।
बलात्कारको शिकार भएका ती महिला दक्षिणी दिल्लीको मुनिरकामा आफ्ना दुई बच्चासँग बस्दै आइरहेकी थिइन्। उनले ती अभियुक्तमध्ये एक जना चिनेजानेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्