गौतमको स्वास्थ्यमा सुधार



फिल्म पत्रकार नेमिष गौतम सख्त घाइते भएका छन्। घटनाको विस्तृत बाहिर नआए पनि घाइते अवस्थामा भेटिएका उनलाई कसैले उपचारका लागि शुक्ररबार राति ट्रमा सेन्टर पुर्याएको सेन्टरले जनाएको छ।

सेन्टरका न्युरो सर्जन डा. राजीव झाका अनुसार टाउकोमा गम्भीर चोट लागेको पाइएपछि साँढे ३ घन्टा लामो शल्यक्रिया गरिएको छ। शल्यक्रियापछि उनलाई हाल सेन्टरको सघन उपचार कक्षमा राखिएको छ। उनको पत्नी सरिता ढकालका अनुसार पत्रकार गौतमको स्वास्थ्यमा सुधार भइरहेको छ। तरल पदार्थ सेवन गरिरहेका छन्। गौतमले मानिसहरुलाई सजिलै चिनिरहेका छन् र स्वास्थ्य स्थिर छ। अस्पतालले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अझै २ दिन गम्भीर निगरानीका लागि सघन उपचार कक्षमै राखेर उपचार गर्ने भएको छ।

केही वर्ष नेपाल समाचारपत्रको संवाददाता रहेका पत्रकार गौतम हाल नागरिक दैनिकमा सम्बद्ध छन्।

प्रतिक्रिया दिनुहोस्