दमास्कसमा बम आक्रमण, ४० इराकी तिर्थयात्रीको मृत्यु, १२० घाइते



काठमाडौं, नेस । सिरियाको राजधानी दमास्कसमा भएको बम आक्रमणमा ४० जना इराकी तिर्थयात्रीको मृत्यु भएको इराक सरकारले जनाएको छ ।बम आक्रमणमा परि १२० जना घाइते भएका छन् ।

बम बिस्फोट बाब अल सगिर कब्रस्थान नजिक बसमा जाँदै गर्दा भएको बताइएको छ ।

तिर्थयात्रुहरु सिया मुसलमान भएको र सुन्नि उग्रवादीहरुले यसअघि आक्रमण गर्ने गरे पनि यसको जिम्मेवारी कसैले नलिएको बताइएको छ ।

इरान, रसिया र टर्कीको अग्रसरतामा सिरियामा युद्धबिराम गर्ने यसअघि सहमति भए पनि यस्ता आक्रमण रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्