टस्क इयुको अध्यक्षमा पुन निर्वाचित



ब्रसेल्स(एजेन्सी)
युरोपेली संघ (इयू) को अध्यक्षमा पोल्याण्डका पुर्वप्रधानमन्त्री तथा पूर्व इयू अध्यक्ष डोनाल्ड टस्क बिहीबार पुन निर्वाचित भएका छन् ।

जर्मनीको प्रभाव बढी भएको विषयलाई लिएर संघमा भइरहेको विवादकाबीच आफ्नै देशबाट विरोधका वाबजुद टस्क निर्वाचित हुनुलाई इयुको समस्याको रुपमा हेरिएको छ । उनी साढे दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

इयुको अधिवेशनमा टस्कको पक्षमा २७ मत परेको थियो भने विपक्षमा उनको आफ्नै देशका बर्तमान् प्रधानमन्त्री बैटा सिडलोको मात्रै मत परेको थियो । निर्वाचनपछि पत्रकार सम्मेलन गरेर पोल्याण्डका प्रधानमन्त्री सिडलोले आफुले उक्त अधिवेशनको निर्णयलाई स्विकार्न नसक्ने भएकोले अधिवेशन नै अवैध भएको प्रतिक्रिया दिएका थिए । आफ्नो देशले नै अस्विस्कार गरेको अवस्थामा यस्लाई निर्वा्चित भएको मान्न नसकिने तर्क गर्दैै उनले भने, “यो निकै ठुलो समस्याको विषय हो र यसले सोभियत संघपछिको इयू राज्य पोल्याण्डमा गहिरो विवाद निम्त्याउने छ ।”

मतदानपछि पोल्याण्डका विदेश मन्त्री विटोल्ड वाक्जसीकोवस्कीले पनि कडा टिप्पणी गरेका छन् । “हामीलाई थाहा छ कि यो संघ बर्लिनको नियन्त्रणमा रहेको छ, विषालु यस संघले धेरै देशहरुलाई पनि नराम्रो असर गर्ने छ ” उनले बताए ।

प्रतिक्रिया दिनुहोस्