ट्विटरको कारण निशुल्क उपचार



मुम्वई,(एजेन्सी)

एकजना चर्चित भारतिय लेखिकाले ख्याल ठट्टा स्वरुप गरेको ट्विटको कारण एकजना प्रहरीले नसोचेको उपलब्धि हासिल गरेका छन् । सोमवार निशुल्क वजन घटाउने शल्यक्रिया गराइ मुम्वइ स्थित एउटा अस्पताल बाट डिस्चार्ज हुनासाथ प्रहरी निरिक्षक दौलत राम जोगावतले आफुलाइृ यति लोकप्रिय बनाइदिएकोमा लेखिका शोभा डिलाई धन्यवाद दिएका छन् ।

गत महिना डिले जोगावतको तस्वीर ट्विट गर्दै ‘ मुम्वइका प्रहरीले स्थानिय चुनावका लागि गहगो सुरक्षाको व्यवस्था गरेको  भनी ठट्टा गरेकी थिइन् । सो ट्विट भाइरल भएपछि साइफी अस्पतालले उनको निशुल्क उपचार गरिदिने प्रस्ताव गरेको थियो ।

उक्त अस्पतालले शल्यक्रियापछि जोगावतको स्वास्थ लाभ भइरहेको र उनले आगामी वर्ष ८० किलोग्राम वजन घटाउन सक्ने बताएको छ । शल्यक्रिया अघि उनको वजन १ सय ८० केजि रहेको थियो । खतरनाकढंगले मोटाएका व्यक्तिलाई वजन घटाउन बारियाट्रिक नामक यो शल्यक्रियाको प्रयोग गर्ने गरिन्छ ।

गत जनवरीमा विश्वको सबैभन्दा अधिक वजन अर्थात ५ सय केजी वजनकी इजिप्टका एक महिलाको शल्यक्रिया गरी साइफी अस्पताल प्रमुख समाचार बन्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्