पार्क समर्थित दुई प्रदर्शनकारीको मृत्यु



दक्षिण कोरियाको संसदबाट महाभियोग लगाईएका राष्ट्रपति पार्क गेयुन ह्येको मुद्दा सम्बन्धमा संवैधानिक अदालतको संयुक्त इजलाशबाट फैसला आउनुअघि शुक्रबार उक्त अदालत परिसर नजिकै पार्कको समर्थनमा प्रदर्शन गरिरहेका दुईजना व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तर तिनीहरूको निधनको औपचारिक कारण अझै अज्ञात रहेको बताइएको छ । प्रदर्शन गरिरहेका पार्कका समर्थक एक्कासी बेहोस भएपछि नजीकैको अस्पतालमा पुयाइएको थियो तर अस्पतालले तिनीहरूलाई तत्कालै मृत घोषणा गरेको थियो । मृतकमध्ये एक जना करिब ७० बर्षका कोरियाली नागरिक भएको पुष्टी भएको छ भने दोस्रो व्यक्तिको उमेर थाहा हुनसकेको छैन ।

प्रदर्शनमा सहभागीमध्ये अन्य दशजनालाई श्वास्थ्य सक्वन्धि समस्या भएको पाइएपछि नजीकैको अस्पताल पठाइएको अग्नी नियन्त्रक अधिकारीले जनाएका बताइएको छ । हिजो हजारौं पार्क समर्थकले अदालत परिसर बाहिर भएको प्रदर्शनमा सहभागीता जनाएका थिए । राष्ट्रपति पार्कलाई महाभियोग लगाइनु पर्ने किसिमले भएको यस भष्टाचार काण्डको सिलसिलामा सामसुंगका उत्तराधिकारी लिलाई पनि प्रहरीले गिरफतार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्