सिड्नी, (एजेन्सी)
अष्ट्रेलियामा करिब १४ प्रतिशत मष्तिस्कको स्नायुमा हुने गडबडीका कारण हुने रोग छारेरोग रोगीले आफ्नो उपचारका लागि भाङको प्रयोग गर्ने गरेको हालै गरिएको एक अध्ययनबाट थाहा हुन आएको छ ।
युनिभर्सिटी अफ सिड्नीले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले १४ प्रतिशत छारेरोगका रोगीले भाङको प्रयोग गरी गैरकानूनी रूपमा नै आफ्नो उपचार गरिरहेका पाइएको जनाइएको छ । यसरी उपचार गर्ने रोगीहरूमा बालबालिकादेखि वृद्धवृद्धा रहेका पाइएको समेत अध्ययनले देखाएको हो । विश्वमा करिब ६ करोड ५० लाख मानिस मस्तिष्कको स्नायु सम्बन्धी गडबडीका कारण हुने यस रोगबाट प्रभावित छन भने अमेरिकामा मात्र ३० लाख मानिस यस रोगबाट प्रभावित छन् । यो सानो उमेरका बच्चा र बयस्क बृद्धहरुमा आम रुपमा विकसित हुने गरेको पाइन्छ । छारेरोगको अहिलेसम्म कुनै अचुक उपचार छैन तर यसलाई विभिन्न प्रक्रिया तथा औषधीको प्रयोगबाट कम गरेका थिए ।
यो प्रतिवेदनबाट भा“ङ छारेरोगका उपचारमा उपयोगी हुने देखिएको छ । तर उपचारका लागि यसको उपयोगमा चाहिने मात्रा र रोगको प्रकृतिकारे ब्यबहारिक ज्ञान अनिबार्य हुने अध्ययन समूहका प्रमुख अनास्तासिया सुराइभले बताए । “यद्यपि भाङलाई ओषधिको रूपमा प्रयोग गर्नु पूर्व रोगको निदानका लागि भाङ उपयोगी भएको वा यसबाट अन्य जटील समस्या आउ“दैन भन्ने पुष्टी गर्न वैज्ञानिक अध्ययन हुनु जरुरी छ ।”
अष्ट्रेलियाली जनतामा उपचारका लागि भाङप्रति आकर्षण हुनुमा मिर्गी रोगका लागि चिकित्सकबाट दिइने औषधीबाट देखिने प्रतिप्रभाव (साइड इफेक्ट) र रोग नियन्त्रणमा औषधीको प्रभावकारीता नै प्रमुख कारक मानिएका छन् । सुराइभले भने,“अध्यययनका क्रममा केहीले भाङद्वारा गरिएको उपचारले आफ्नो समस्या कम भएको पाएको जनाएकाले भाङमा मिर्गी रोग नियन्त्रण गर्नसक्ने यथेष्ठ तत्व छ वा छैन भन्न थप अध्ययन जरुरी हुनेछ । प्रयोगकर्ता मध्ये ७० प्रतिशतले आफुलाई भाङको प्रयोग उपचारका लागि सहयोगी बनेको बताएका थिए ।
मिर्गी रोगीलाई सही उपचारमा भाङको प्रयोगबारे प्रयोगकर्ता र स्वास्थ्य व्यवसायीवीच ज्ञान आर्जन हुनु आवश्यक भएको छ । यदि यो उत्तम विकल्प भएमा हाम्रा गाउँतथा जङ्गल क्षेत्रमा ठूलो मात्रामा उत्पादन भै झारकै रुपमा खेर जाने र गैरकानूनी रुपमा बजारमा जाने यस औषधीजन्य जडीबुटीको सही प्रयोग हुनु आवश्यक भएको अर्का अनुसन्धाता तथा छारेरोग एक्सन अष्ट्रेलिया क्यारोल आएरल्याण्डका कार्यकारी प्रमुखले बताए ।