सुजतालाई नृत्य उपाधि



विद्यालयस्तरीय नृत्य प्रतियोगिताको उपाधि कौस्तुभ एकेडेमी पुरानो सिनाम·लकी सुजता खवासले चुमेकी छन्। टु ड्रप्स स्कुलस्तरीय एकल नृत्य प्रतियोगितामा उनले उक्त उपाधि चुम्न सफल भएकी हुन्।

काँडाघारीस्थित अक्षरा स्कुलमा सम्पन्न प्रतियोगितामा नेपाल तारा स्कुल छाप्रोकी हर्षिका लिम्बु द्वितीय र अक्षरा स्कुल खहरेकी स्पर्शी मैनालीले तृतीय स्थान चुम्न सफल भएका छन्। चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको अन्तिम स्पर्धाको निर्णयकमा राजेश बाँडे, विवेक लामा र सपना राई रहेका थिए।

केही समयअघि दिव·त भएका गायक यम बुद्धको सम्झना गरी शुरु भएको कार्यक्रममा सुरशाला आइडियल जुनियर टप फाइबमा पर्न सफल आयुष केसी र सुजल नेपाललाई पनि सम्मान गरिएको थियो।

प्रशन्न रिमालको संयोजकत्वमा सम्पन्न कार्यक्रम सिर्जना फिल्मले आयोजना गरेको थियो भने टु ड्रप्स ब्यान्ड सहआयोजक रहेको थियो। कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुतिले थप रोचक बनेको थियो।

 

प्रतिक्रिया दिनुहोस्