कमलमानको झुम्ने बेला

0
Shares

गायक कमलमान सिंहले नयाँ पपगीत रम्ने झुम्ने यही बेला होको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

रोमान्टिक शैलीको यो गीतमा संगीतकारका रूपमा समेत स्थापित भइसकेका गायक सिंहकै शब्द तथा संगीत निर्देश्ँन छ। फागुको पूर्वसन्ध्यामा सार्वजनिक भएको गीतमा शैलेन्द्र एम प्रधानको संगीतसंयोजन छ।

मोहनराज अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा रायन तथा मोनिकाले अभिनय गरेका छन्। माधव बेल्बासेद्वारा सम्पादित यो भिडियोको छायाँकार ज्ञानेन्द्र शर्मा हुन्।

Skip This