क्षेप्यास्त्र प्रक्षेपक सोलमा



सोल, (एजेन्सी)
दक्षिण कोरियामा जडान गरिन लागेको विवादास्पद क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि आवश्यक अमेरिकी क्षेप्यास्त्र प्रक्षेपक र अन्य उपकरणहरू सोल आइपुगेको मंगलबार अमेरिकी तथा दक्षिण कोरियाली सेनाले जनाएका छन्।

अघिल्लो दिनमात्र उत्तर कोरियाले जापाननजिकको महासागरमा चार वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। सोलमा उक्त टर्मिनल हाई एल्टिच्युड एरिया डिफेन्स सिस्टमअर्थात् टीएचएएडी जडान गरिने कुराले उत्तर कोरिया आक्रोसित भएको छ।

यस प्रणालीको शक्तिशाली रडारको कारण सुरक्षा खतरा उत्पन्न हुनेमा चीन र रसिया पनि चिन्तित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्