चीनको रक्षा बजेटमा सात प्रतिशतले वृद्धि



बेइजिङ, (एजेन्सी)
चीनको रक्षा बजेटमा सन् २०१७ का लागि करिब ७ प्रतिशतले वृद्धि गरेको चिनियाँ सरकारी निकायले सोमबार सार्वजनिक गरेका छन्।

चीनको सन् २०१६ को रक्षासम्बन्धी वास्तविक बजेटमा सन् २०१७ को बजेटमा वृद्धि हुने कुरा सार्वजनिक गरिएको थियो। पूर्वयोजनाअनुसार चीन सरकारले रक्षा बजेटमा वृद्धि गर्ने जनाएको छ। रक्षा बजेटसम्बन्धी उक्त योजनाअनुसार यस वर्षको रक्षा बजेटमा कम्तीमा पनि ७ प्रतिशतले वृद्धि हुने निश्चित भएको जनाइएको छ। सन् २०१७ का लागि करिब १ खर्ब ४ अर्ब चिनियाँ युआन हुने पनि चिनियाँ सरकारले घोषणा गरेको छ।

चिनियाँ अर्थ मन्त्रालयले सोमबार रक्षा बजेटका बारेमा जानकारी दिएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ। उक्त मन्त्रालयले विभिन्न शीर्षकमा सन् २०१७ का लागि पनि बजेट सार्वजनिक गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय बैठक शुरु भएको छ। बैठकमा चीनको रक्षा बजेटका बारेमा चर्चा भएकाले अर्थ मन्त्रालयले उक्त बजेट सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्