जनताको शिकार



मेची–काली अभियान शुरू गरेको प्रमुख विपक्षी अहिले अप्ठइरोमा परेको छ। अप्ठइरो पनि किन नपर्नु जहाँ ओली त्यहाँ गोली हुन थालेपछि यस्तो अवस्था आएको हो। काँकडभिट्टाबाट शुरू भएको यो अभियान सप्तरीको राजविराजमा आइपुग्दा मधेसी मोर्चाले अवरोध पुर्याएपछि प्रहरीले गोली हान्नुपर्यो। प्रहरीको गोली लागेर केही होनहार नेपालीले ज्यान गुमाए। अर्थात् गलत राजनीतिज्ञको नीतिले गर्दा जनता त्यसको शिकार हुनुपर्यो। ओलीको आफ्नै राजनीतिक स्वार्थ मधेसी नेताहरु हाइसन्चोले काठमाडोंमा बसेर कार्यकर्तालाई लड्न भीड्न पठाएपछि यो अवस्था उत्पन्न भएको धरहरा वरपर धेरैले प्रस्टै बुझे। राजनीतिले जनतालाई राम्रो गराउने कि शिकार गर्ने? यो प्रश्नको जवाफ नदिइएसम्म मुलुकमा सुधार नहुने धरहराको ठम्याइ छ है पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्