ट्रम्पको आरोप ओवामाका प्रवक्ताद्वारा खण्डन



वासिङटन, २२ फागुन । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामालाई लगाएको आरोप पूरै गलत भएको ओवामाका प्रवक्ताले बताउनुभएको छ ।

पूर्वराष्ट्रपति ओबामाको प्रशासनले राष्ट्रपतीय चुनावको अभियान अघि न्यूयोर्कमा रहेको ट्रम्प टावरको फोन ट्याप गरेको भन्ने आरोपको प्रवक्ता केविन लुइसले खण्डन गर्नुभएको हो ।

तत्कालिन राष्ट्रपति ओबामा र राष्ट्रपतिको कार्यालयका कसैले पनि कुनै पनि अमेरिकी नागरिकको निगरानी गर्न आदेश नदिएको उहाँले दावी गर्नुभयो ।

ट्रम्पले श्रृङ्खलाबद्धरुपमा ट्वीट गर्दै फोन ट्याप गर्नु नराम्रो काम भएको र आफ्ना पूर्ववर्ती एकदमै खराब व्यक्ति भएको उल्लेख गर्नुभएको छ । फ्लोरिडास्थित आफ्नो रिसोर्टमा रहेका बेला ट्रम्पले स्थानीय समयअनुसार शनिबार विहानको ०६ः३० बजे श्रृङ्खलाबद्ध ट्वीट गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्