महान्यायाधिवक्ता सेसनको राजीनामा माग



वासिङ्टन, (एजेन्सी)

अमेरिकी राष्टपति चुनावका क्रममा रुसी अधिकारीसँगको भेटघाटलाई लुकाएको मामिलामा राष्टपति डोनाल्ड टम्पले महान्यायाधिवक्तामा नियुक्त गरिएका जेफ सेसनलाई राजीनामा दिनुपर्ने दबाब बढिरहेको छ।

अमेरिकाको न्याय विभागले उनको उक्त भेटघाटको पुष्टि गरेको छ। महान्यायाधिवक्ता सेसनले गत वर्ष जुलाई र सेप्टेम्बरमा रुसका सेर्गेइ किसल्याकसँग भेटवार्ता गरेका थिए। तर सेसनले रुसी अधिकारीहरूसँग कुनै प्रकारको भेटघाटलाई अस्वीकार गर्दै आइरहेका थिए। उनले उक्त कुरा राष्टपति चुनावमा हस्तक्षेपलाई लिएर सोधिएको एक प्रश्नको जवाफमा पनि बताएका थिए।

चुनवमा रुसी हस्तक्षेपको दाबीलाई लिएर अमेरिकी राष्टपति टम्प पुनः एकपटक समस्यामा परेका छन्। उनले सेसन सही भएको र उनको रुससँग कुनै गोप्य सम्बन्ध नरहेको बताएका छन्। अमेरिकी गुप्तचर निकायले डमोक्र्याटिक पार्टीका संस्थाहरूको रुसी ह्याकिङ डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनलाई हराउनमा टम्पको मद्दत गर्नका लागि भएको ठहर गरेको छ।

गत महिना टम्पले राष्टिय सुरक्षा सल्लाहकार माइकल फ्लिनलाई पनि रुसी पदाधिकारीसँगको भेटघाटका विषय ह्वाइट हाउसलाई लुकाउन खोजेकोमा पदबाट हटाइएको थियो। उक्त मामिलामा विकसित घटनाक्रमपछि डेमोक्र्याटिक पार्टीका सदस्यहरूले आक्रोश व्यक्त गरेका छन्। डेमोक्र्याट सदस्यहरूले सेसनलाई कम्तीमा ह्याकिङसँग सम्बन्धित एफबीआई जाँचबाट अलग राख्नुपर्ने माग गरेका छन्। सेसनले एफबीआई जाँचको निगरानी गरिरहेका छन्।

गत जनवरी १० मा भएको सुनवाइमा सेसनले डेमोक्र्याट सिनेटर फ्र्यान्कनले ह्याकिङ प्रकरणमा सोधिएको प्रश्नको जवाफमा आफूले रुसी अधिकारीसँग कुनै कुराकानी नगरेको बताएका थिए। ह्वाइट हाउसले सेसनको बचाउ गर्दै डेमोक्र्याट सदस्यहरूबाट टम्प प्रशासनविरुद्ध भइरहेको ताजा हमलाको निन्दा गरेको छ। डेमोक्र्याटिक हाउस अल्पसंख्यक नेता नेन्सी पेलोसीले सेसनमाथि सशपथ लिएर झुठो बोलेको आरोप लगाउँदै उनको राजीनामाको माग गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्