कंगना र आलियाको वार



बलिउड सुन्दरी कंगना रनावतको अभिनय रहेको फिल्म रंगुनले बक्स खफिसम खासै कमाल देखाउन सकेन। तर उनी आफ्नो अनौठो अभिव्यक्तिका कारण बेलाबेलामा चर्चामै रहने गर्छिन्। उनको हालैको अभिव्यक्ति आलियालाई मन परेन र उनले कंगनालाई कडा जवाफ दिएकी छिन्।

रिपोर्टअनुसार कंगना र आलिया करण जौहरको टक शो कफी वीथ करणमा गएका थिए। यो कार्यक्रममा उनले भनेकी थिइन कि स्टारहरुको छोराछोरीलाई पहिलो फिल्म उनीहरुको परिवारको कारणले मिल्छ। तर यसपछि लगातार फिल्म पाउन सम्भव छैन। उनले यसो पनि भनेकी छिन्– ‘म कसैको नाम लिन चाहन्न तर धेरै उदाहरण छन् कि जहाँ धेरै केटाकेटीले आफ्नो परिवारको कारणले फिल्म पाए र केही नपाइ यो क्षेत्रबाट विदा भए। मानिसहरु उनीहरुको एक्टिङ हेर्न चाहन्छन्। त्यसैले उनीहरु मुर्ख बन्न सक्दैनन्।’

कंगनाको यो कुरा आलियालाई मन परेन। जब उनलाई यसको बारेमा सोधियो, उनले भनिन्,– ‘मलाई थाहा छ कि मानिसहरु फिल्म इन्डिस्ट्रिमा पहिचान बनाउनका लागि कति मेहनत गर्छन्। तर परिवारको आलोचना गर्नु ठीक हो भनेर म मान्न तयार छैन। म भट्ट परिवारमा जन्म लिने प्लान लिएर जन्मेकी थिइनँ। म सफल हुनुको कारण मेरो परिवार होइन। म धेरै मेहनत गरेर यो ेस्थानसम्म आएकी छु।’

कंगनाले आफ्नो अभिव्यक्तिमा कसैको नाम लिएकी त थिइनन्, तर आलियाले यो कुरा आफ्नै लागि भनेको ठानेर जवाफ दिन बाध्य भइन्।

प्रतिक्रिया दिनुहोस्