कक्टेल र टिपेक्स



मदिरा पक्कै पनि राम्रो पदार्थ होइन। मदिरा पिउने र पिएपछि त्यसले पार्ने प्रभाव पक्कै राम्रो हुँदैन यो दुनियाँलाई थाहा नै भएको विषय हो। यसले समाजमा पार्ने प्रभाव र त्यसबाट पीडितहरूको पीडा सुनिसाध्य छैन। यही भएर होला सरकारले अहिले भोज भतेरमा मदिरालाई निषेध गर भनेको।

तर कसले मान्नु? राजधानीको होटल अन्नपूर्णमा नेपाल औषधि आयातकर्ता संघले आयोजना गरेको एउटा कार्यक्रममा स्वास्थ्यमन्त्रीलाई प्रमुख अतिथि बनाइएको थियो। र कार्डमा लेखिएको कक्टेल डिनरमा कक्टेललाई टिपेक्स लगाएर मेटेको देखियो।

मन्त्री आउने पत्तो पाएपछि आयोजकले कक्टेललाई मेटेर डिनर मात्रै लेखेका थिए। मन्त्रीलाई अहिले भ्याई नभ्याई भइरहेको छ। उहाँ भाषण गरेर टाप ठोकेपछि आयोजकले कार्यक्रममा सहभागीहरूलाई मदिरा पान गराएर बिदाइ गरेको दृश्य धरहराबाट स्पष्ट देखेपछि धरहराले पनि मुख मिठइयो भन्या। पाठकवृन्दचाहिँ मुख नमिठइसियोस् है फेरि फन्दामा परिएला।

प्रतिक्रिया दिनुहोस्