पत्रकार र राजनीतिज्ञ

0
Shares

पत्रकारिता र राजनीति एक अर्काका परिपूरक हुन् त? यो बहस लामो समयदेखि चलेकै छ। तर यसको उत्तर न पत्रकारले दिएका छन् न त राजनीतिज्ञ भनिएकाले। यसको उत्तर दिन नसकिरहेका बेला नेपालमा एक जना चर्चित पत्रकारले आफूलाई पत्रकारितालाई भूपू बनाएर राजनीतिज्ञ बन्ने घोषणा गरेका छन्।

पत्रकारिता गर्नु र राजनीति गर्नुमा कति फरक होला अब त्यसको अनुभव सुन्ने प्रतीक्षामा धरहरा रहेको छ। मुलुक नेताले बनाएनन् भनेर ती पत्रकार राजनीतिज्ञ बन्न खोजेको देखेर धरहरालाई पनि भूपू पत्रकारको पार्टीमा जाने रहर जागेर आयो। जान त जाने कसरी जाने यो सोचेर बसिरहेको धरहराको फेदैमा आएका एक जना बटुवाले भने– ‘रेडियोमा प्रश्न सोधेजस्तो सजिलो छैन राजनीति। रहरले राजनीति चल्दैन। हेरौं भूपू पत्रकारको पार्टीले के के गर्दोरहेछ त्यसपछि बाँकी टिप्पणी गरौंला। कि कसो पाठकवृन्द? जेहोस् धरहरा राम्रो गर्न शुभकामना दिन चाहन्छ है।