रक्षा बजेटमा वृद्धि



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को आफ्नो प्रस्तावित बजेटमा रक्षा खर्चमा ५४ अर्ब डलर वृद्धि गर्न चाहेका छन्। यो कुल रक्षा खर्चको करिब ९ प्रतिशत हो। ट्रम्पको बजेट योजनामा अन्य क्षेत्रमा बजेट कटौती पनि प्रस्तावित गरिएको छ। यसमा विदेश सहायता र पर्यावरण विषयमा हुने खर्च पनि समावेश छ। ट्रम्पले बजेटलाई सेना, सुरक्षा र आर्थिक विकासमा केन्द्रित हुने बताएका छन्। रिपब्लिकन पार्टीको सुधारको मागका बाबजुद ट्रम्पले सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवामा कुनै कटौती प्रस्ताव ल्याएका छैनन्। राष्ट्रपति ट्रम्पले मार्च महिनको मध्यतिर आफ्नो बजेट प्रस्तावको अन्तिम प्रारुप पेस गर्नेछन्।

अमेरिकको वार्षिक बजेट करिब ६ खर्ब डलर छ र यो विश्वको सबैभन्दा ठूलो हो। ट्रम्पले पूर्वाधार विकासमा हुने खर्चलाई लिएर पनि कांग्रेसमा योजना पेस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्