डुङ्गा दुर्घटनामा ८ को मृत्यु, १७ को जीवितै उद्धार



भारत ।

दक्षिण भारतमा आइतबार भएको डुङ्गा दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ। १७ जनालाई सकुशल उद्धार गरिएको छ। तमिलनाडु राज्यको राजधानी चेन्नईबाट ५३० किलोमिटर दूरीमा रहेको बन्दरगाह सहरनजिकै दुर्घटना भएको जनाइएको छ।

डुङ्गामा कतिजना यात्रा गरिरहेका थिए भन्ने कुरा अझै स्पष्ट नभइसकेको उद्धारमा संलग्न स्थानीय अधिकारीले जानकारी दिएका छन्। तर मृतकको सङ्ख्या भने बढ्नसक्ने अनुमान गरिएको छ।

यसअघि सन् २०१२ मा आसाम राज्यमा अवस्थित ब्रह्मपुत्र नदीमा सामुद्रिक आँधीको कारण डुङ्गा दुर्घटनामा परी १ सय भन्दा बढीले ज्यान गुमाएका थिए। रासस / एएफपी

प्रतिक्रिया दिनुहोस्