रुकुममा भूमिकाको भाका र भद्रगोलको कमेडी



धनवीर दाहाल, रुकुम
कुममा जारी मध्यपश्चिम रुकुम महोत्सवमा राष्ट्रियस्तरका कलाकारको जोडदार प्रस्तुतिले दर्शकलाई निकै उत्साहित बनाएको छ। रुकुम मुसिकोटमा गत फागुन १२ देखि जारी मध्यपश्चिम रुकुम महोत्सवमा चर्चित लोकदोहारी गायिका भूमिका गिरीले दर्शकदीर्घामै गएर दमदार प्रस्तुति दिएर दर्शकलाई उत्साहित बनाइन्। उनले दर्शकदीर्घाको बीचमै गएर दर्शकलाई नचाएकी थिइन्। घुमाउँला नि खलंगा बजार बोलको गीतले दर्शकलाई निकै नचाएको थियो। गायिका गिरी दाङ निवासी हुन्। पछिल्लो समय नेपाली लोकदोहरी क्षेत्रमा निकै चर्चा बटुल्न सफल गिरीले रुकुमको महोत्सवमा आफ्ना सबै गीत प्रस्तुत गरेकी थिइन्। उनले तिउन मीठो बनायो चुकैले, लौका चाख्ने मौका देउ, हामी सबै नेपालीलगायतका गीत प्रस्तुत गरेर दर्शक नचाएकी थिइन्।

यसै गरी लोकप्रिय हास्य टेलिशृंखला भद्रगोलका सागर लम्साल ‘बले र हरिश निरौला ‘कक्रोच ले दर्शकलाई निकै हसाए। टेलिभिजनको पर्दामा मात्र देखिने उनीहरुलाई प्रत्यक्ष देख्न पाएपछि दर्शक रमाएका थिए। पहिलोपटक यसरी थालिएको मध्यपश्चिम रुकुम महोत्सवमा राष्ट्रियस्तरका कलाकारको प्रस्तुति हेर्नका लागि गाउँ–गाउँबाटै सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ। कृषि, जडिबुटी, पर्यटन, ऊर्जा, संस्कृति, सूचना, प्रविधि, उद्योग र व्यापार समृद्ध तथा स्वाधीन अर्थतन्त्र मध्यपश्चिमको आधार भन्ने मूल नाराका साथ सञ्चालित आगामी फाल्गुन २१ सम्म चल्ने मध्यपश्चिम महोसत्सवमा कृषि, जडिबुटी, तथा रुकुममा उत्पादित वस्तुहरुको प्रदर्शन गरिएको रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष एवं मध्यपश्चिम रुकुम महोत्सव मूल समारोह समितिका अध्यक्ष टेकबहादुर पुनले बताए। महोत्सवमा रुकुमका गाउँ–गाउँमा उत्पादित वस्तुहरुको स्टल राखिएको छ। रुकुमको उत्पादनहरु जडिबुटी, अल्लोबाट उत्पादित वस्तुहरु तथा पर्यटकीय क्षेत्रका तस्वीहरु पनि राखिएको छ।

प्रतिक्रिया दिनुहोस्