श्रुतिको रोमान्स



पछिल्लो समय बलिउड नायिका तथा गायिका श्रुति हसनलाई लगातार एक विदेशी व्यक्तिसँग देख्न थालिएपछि बलिउडमा यसलाई लिएर ठूलै हलचल मच्चिएको छ। बलिउड मिडियाका अनुसार उक्त व्यक्ति माइकल कोरसेल हुन्। भनिन्छ उनी लन्डनमा बस्छन् र थिएटर एक्टर हुन्।

समाचारमा सूत्रलाई उद्धृत गर्दै जनाइएअनुसार श्रुति केही महिना पहिले लन्डनमा एक ब्रिटिस रक ब्यान्डका लागि एउटा ट्रइक रेकर्ड गर्न गएकी थिइन्। त्यहाँ उनको एक कमन फ्रेन्डको माध्मबाट माइकलसँग चिनाजानी र कुराकानी भएको थियो। त्यसपछि दुवैले डेटिङ गर्दै तीन महिना बिताएका थिए। माइकल श्रुतिसँग समय बिताउन एक हप्ताका लागि मुम्बई आएपछि दुवै सञ्चारमाध्यमको नजरमा परेका थिए।

तर श्रुतिको प्रचारकले माइकल उनको ब्याइफ्रेन्ड नभई म्यानेजर भएको दाबी गरेका छन्। यसबारेमा श्रुतिले भने केही मुख खोलेकी छैनन्। उनले व्यक्तिगत जीवनका बारेमा केही बोल्न नचाहेको समाचारमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्