फिल्ममा मेरी कुसुम



मेरी कुसुम नामक फिल्मको अडियो र ट्रेलर राजधानीमा आयोजित एक समरोहबीच सार्वजनिक गरिएको छ।

मोहन बोगटी र नायिका हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मको ३ गीत समावेश अडियो र एक्सनपूर्ण ट्रेलर सार्वजनिक गरिएको हो।

नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेल, नायिका करिश्मा मानन्धर, फिल्मका मुख्य कलाकार, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायतले एकसाथ अडियो विमोचन गरेका थिए। टंक बुढोथोकीको संगीत रहेको फिल्ममा म त बदलिएँ, मेरो भागको खुसी, सहीछाप गरी दिऊँ किलगायतका गीत छन्।

कार्यक्रममा बोल्दै कलाकार मोहन बोगटीले आफूलाई सानैदेखि कलाकारितामा लाग्ने चाहना भएको बताए। त्यसै गरी नायिका हर्षिका श्रेष्ठले फिल्मको कथावस्तु आफूलाई अत्यन्तै मन परेकाले पनि यसमा काम गरेको सुनाइन्। उनले, मेरी कुसुम हेरेर दर्शकले एउटा प्रेम र एक्सनले भरिएको फिल्मको नौलो स्वाद पाउने। यो दाबी पनि गरिन्। फिल्म एनआर घिमिरेले लेखन तथा निर्देशनमा बनेको हो।

प्रतिक्रिया दिनुहोस्