यहुदी चिहान मर्मतमा मुश्मिल सहयोग



सेन्ट लुइस (एजेन्सी)
अमेरिकाको सेन्ट लुइसका अमेरिकी मुसलमानले यहुदी चिहानस्थल मर्मत गर्ने विशेष अभियान थालेका छन्।

मिसौरीको सेन्ट लुइस शहरस्थित एउटा यहुदी चिहानस्थलमा करिब १ सय ७० हडेस्टोन क्षतिग्रष्त भएका थिए। स्थानिय प्रशासनले यसलाई यहुदी समुदायलाई निसाना बनाएर भएको हमला बताएका थिए।

यसबीच अमेरिकी मुसलमानले यहुदीहरूको उक्त चिहानस्थलको पुनर्निर्माणको जिम्मा लिए। उनीहरूले उक्त परियोजना पूरा गर्न करिब २० हजार अमेरिकी डलर कोष संकलन गर्ने लक्ष्य बनाएका थिए।

अमेरिकी मुलसमानले उक्त परियोजनालाई हृदयदेखि सराहना गरे र करिब तीन हजारले ८५ हजार अमेरिकी डलरभन्दा धेरै कोष प्रदान गरे। यो पैसा मरम्मत गर्न लाग्ने लागतका लागि अनुमान गरेको भन्दा चार गुणा हो।

अमेरिकाका उपराष्ट्रपति माइक पेन्स पनि गत बुधबार सेन्टलुइस स्थित उक्त चिहानस्थलको भ्रमणमा पुगेका थिए। पेन्सले भने– उक्त बर्बर घटनाको कडा निन्दा हुनपर्छ। जसले यसतो गर्यो, त्यसलाई हामी निच काम भन्नेछौं।

अमेरिकाको मुस्लिम संगठनले पनि यस घटनाको कडा निन्द गरेका छन्। उत्तरी अमेरिकी इस्लामिक सोसाइटीका अध्यक्ष्ाँ अजहर अजिजले अहिलेको समयमा आफू यहुदीको साथमा रहेको बताए। साथै चिहानस्थलको पुननिर्माणमा आफूले यहुदी समुदायलाई मद्दत गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्