हिटरलको फोन अढाइ लाखमा बिक्यो



बोस्टन, (एजेन्सी)
जर्मनका नेता एडोल्ड हिटलरको टेलिफोन लिलाम भएको छ।
अमेरिकामा भएको लिलाममा एक व्यक्तिले उक्त फोनका लागि २ लाख ५० हजार अमेरिकी डलर तिरेका छन्। टेलिफोन खरिद गर्ने व्यक्तिको पहिचान सावर्जनिक गरिएको छैन।

रातो रङको उक्त टेलिफोनमा हिटलर नाम, स्वस्तिकको छाप र चिलको आकृति रहेको छ।

सन् १९४५ मा द्वितीय विश्वयुद्ध समाप्त भएपछि बर्लिनको एउटा बन्करबाट उक्त फोन प्राप्त भएको थियो। लिलाम गर्ने मेरिल्यान्ड राज्यले त्यसलाई अहिलेसम्मको सबैभन्दा विध्वंशक हतियारको संज्ञा दिए।

जर्मनीले आत्मसमर्पण गरेपछि सोभियत सैनिकले उक्त फोन बेलायती बिग्रेडियर राल्फ रेनरलाई चिह्नका रूपमा प्रदान गरेका थिए।

लिलामी घरका अधिकारी बलि पेनागोपुलसले समाचार एजेन्सी एपीलाई भने– ‘यो फोन नरसंहारको हतियार थियो। हिटलरले युद्धका क्रममा यही फोनबाट आदेश दिएका थिए, जसबाट धेरैको ज्यान गएका थियो।’

प्रतिक्रिया दिनुहोस्