नर्वेली नोबेल पुरस्कार समितिका अध्यक्षको निधन



ओस्लो, (एजेन्सी)
विश्वकै सबैभन्दा प्रतिष्ठित नोबेल पुरस्कार छनौट गर्ने नर्वेली नोबेल समितिकी अध्यक्ष कासी कलम्यान फाइभको ६५ वर्षको उमेरमा आइतबार निधन
अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।

नर्वेको कन्जरभेटिभ प्रधानमन्त्री इर्ना सोल्बर्गले उनको सम्झनामा फेसबुकमा लेखेकी छिन्– ‘उहाँ धेरै महिलाका लागि अनुकरणीय व्यक्तित्व हुनुहुन्थ्यो।’ सन् २००३ मा नोबेल कमिटीको सदस्य बनकी उनी सन् २०१५ मा अध्यक्ष पदमा निर्वाचित भएकी थिइन्।

अमेरिकाका पूर्वउपराष्ट्रपति अल गोरेलाई सन् २००७ मा, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामालाई सन् २००९ मा, चिनियाँ अभियन्ता लिउ चिओवलाई सन् २०१० मा र इरानका मानव अधिकारकर्मी सिरिन इवाडीलाई सन् २००३ मा नोबेल शान्ति पुरस्कारका लागि छनौट गर्ने काममा उनले अहम् भूमिका खेलेकी थिइन्।

उनी पूर्वव्यापारी हुनुका साथै सन् १९८९ देखि १९९० सम्म वाणिज्यमन्त्री र सन् १९९१ देखि १९१४ सम्म कन्जरभेटिम पार्टीको नेतृ बनेकी थिइन्।

सोल्बर्गले आफ्नो स्टाटसमा लेखेका छन– ‘हामीले एक सशक्त, प्रिय महिला अगुवा र कन्जरभेटिभ पार्टीकी नेतृलाई गुमाएका छौं। कलम्यानको परिवारप्रति मेरो पूर्ण सहानुभूति र समवेदना छ, हामी धेरै जना उनको बारेमा सोचिरहेका छौं।’ कलम्यानको जन्म सन् १९५१ को अप्रिल १५ मा ओस्लोमा भएको थियो। आर्थिक पत्रिकाका पूर्वसम्पादक कार्सटेन ओ फाइभसँग बिहे गरेकी कलम्यानको दुई सन्तान छन्।

प्रतिक्रिया दिनुहोस्