तायाहाङ्माको सपनीमा



गायिका तायाहाङ्मा राईले आफ्नो नयाँ गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छिन्। पछिल्लो समयमा विभिन्न कन्सर्ट र गीत रेकर्डिङमा व्यस्त रहँदै आएकी गायिका तायाहाङ्माले कता कता सपनीमा बोलको गीत लिप्सिङ भिडियोसहित सार्वजनिक गरेकी हुन्।

प्रतिक चाम्लिङको शब्द रचना र पुजन लोहागणको संगीत तथा चान्द सिंहको एरेन्ज रहेको गीति भिडियोलाई गायिका तायाहाङ्माले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्।

‘यो गीतको शब्द, संगीत सशक्त रहेकाले म आफैंलाई पनि मन परेको छ। त्यसैले दर्शक स्रोताले पनि मन पराउने विश्वास गरेकी छु –उनी भन्छिन्।
गायिका राईले पछिल्लो समयमा आफ्नो दोस्रो एल्बमस्वरूप तराना बजारमा ल्याएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्