हात्तीको एक टन दाँत तथा हाड जफत

0
Shares

कम्पला, (एजेन्सी)
युगान्डाका सुरक्षाकर्मीले राजधानीनजिकैबाट करिब एक टन हात्तीको दाँत तथा हाडलाई जफत गरेको छन्। पानीजहाजबाट विदेश पठाउन लागेको सूचनाका आधारमा उक्त दाँत तथा हाड एक घरमा भण्डारण गरी राखिएको अवस्थामा जफत गरिएको हो। प्रहरीले उक्त घटनामा दुई जनालाई पक्राउ पनि गरेका छन्।

कम्पलाको बाहिरी क्षेत्रमा स्थित एउटा ठूलो घरमा हस्तीहाड लुकाएर राखेको आरोपमा २ पश्चिम अफ्रिकी नागरिकलाई पक्राउ गरेको युगान्डा वन्यजन्तु सुरक्षा विभागका प्रवक्ता गेटा सिम्प्लिसिअसले जानकारी दिए। उनीहरूलाई बेरिया र ग्युनिया विसाउका नागरिक रहेका सिम्प्लिसिअसले बताउनुभयो। उक्त दन्त तथा हाड तान्जिनिया र कंगोबाट ल्याइएको हुन सक्ने बताए।

सरकारी तथ्यांकअनुसार अफ्रिकी राष्ट्र युगान्डामा करिब ५ हजार ६ सय हात्ती रहेका छन्। अफ्रिकी मुलुकमा दाँत तथा हाडका लागि हात्ती मार्ने क्रम बढेपछि विगत केही वर्षदेखि नियन्त्रण प्रयास तीव्र पारिएको छ। यद्यपि चीनलगायतका देशमा यसको राम्रो मूल्य पाउने भएकोले अभियान प्रभावकारी हुन सकेको छैन।
चीनले पनि सन् २०१७ को अन्त्यसम्म वन्यजन्तुको अवशेषको व्यापारमा पूर्णतया रोक लगाउने योजना ल्याएको छ।