राप्रपाको चुनावमा भोट माग्दै कलाकारहरु



राप्रपाको केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएसँगै सो पार्टीमा आबद्ध कलाकारहरुलाई पनि चुनाव लागेको छ। केही कलाकार आफ्नो मताधिकारका कारण चुनावी प्रक्रियामा सामेल भएका छन् भने केही फिल्मकर्मी उम्मेदवारी दिएर चुनावमा सक्रिय भएका छन्।

निर्माता, निर्देशक तथा वितरक उद्धव पौडेल, नायिका रेखा थापा तथा गायिकाद्धय मीरा राणा र कोमल वलीले केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दिएका छन्। पौडेल, थापा, राणा र वलीले केन्द्रीय सदस्यका रूपमा उम्मेदवारी दिएका छन्। राप्रपाको विधानअनुसार १ शय ३५ जना केन्द्रीय सदस्य हुनेछन् भने केन्द्रीय सदस्य निर्वाचित भएपछि निर्वाचित अध्यक्षले अन्य पदाधिकारी चयन गर्नेछन्। निर्मँता, निर्देशक तथा वितरक पौडेल हाल राप्रपाको कोषाध्यक्ष छन् भने गायिका राणा सहायक महामन्त्री छिन्। राप्रपाको निर्वाचन प्रक्रियाअनुसार आइतबार उम्मेदवारी दर्ता भएको छ भने सोमबार मतदान हुने भएको छ।

राजधानीमा जारी राप्रपाको अधिवेशनसँगै उम्मेदवारी दर्ता गरेका कलाकारहरु आइतबार भृकुटीमण्डपस्थित एकता महाअधिवेशन स्थलमा आफ्ना लागि भोट मागिरहेको अवस्थामा भेटिएका थिए। उम्मेदवार कलाकारहरुले आफूले केन्द्रीय सदस्य जित्ने दाबी गरेका छन्। पार्टीको कार्यसमितमा गएर कला क्षेत्रसँगै देशका लागि केही राजनैतिक तहबाट पनि केही गर्ने उनीहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्