वास्तविकताको भिडियोमा दिलीप



एउटी अबोध बालिकाको कलिलो उमेरमै निधन भएको वास्तविक घटनामा आधारित आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायिक शीतल कार्कीको नयाँ गीत चिताक बिछ्यौनामा उक्त दुःखद घटनालाई चित्रण गरिएको छ। सर्पको टोकाइबाट जीवन गुमाएकी ती अबोध बालिका गायिका शीतल कार्कीकी भतिजी हुन्।

विभिन्न टेलिभिजन च्यानल तथा युट्युबमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा तराई मूलका एक दम्पत्तिले आफ्नो सन्तान गुमाएको विषयलाई चित्रण गरिएको छ। भिडियो निर्देशक सुरेश थापाले निर्देश्ँन गरेका छन्। गायक कार्कीकै संगीत निर्देश्ँनको उक्त गीतमा शब्द रचना कुमार अजनबीको छ। म्युजिक भिडियोमा अभिनेता दिलिप रायमाझी तथा अनिता दंगालले निधन हुने सन्तानको बुवा–आमाको भूमिका निर्वाह गरेका छन्। उनीहरुको सन्तानको भूमिका प्रत्युष सुवेदीले निर्वाह गरेका छन्। यो गीत गायक कार्कीको एल्बम ओस्कारमा संगृहित छ। बुद्ध थापाको छायांकन रहेको भिडियो सुरेश राउतले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्