पशु वधशाला माग्दामाग्दै हैरान



नेपाल समाचारपत्र हेटौंडा
माछामासु व्यवसायी संघ मकवानपुरले हेटौंडामा सुविधासम्पन्न पशु वधशाला निर्माण निम्ति सरकारसमक्ष २०७१ साउनमा प्रस्ताव गरेको थियो। संघले हेटौंडा नगरपालिकामार्फत् कृषि विकास मन्त्रालयसमक्ष प्रस्ताव पठाएको थियो।

नेपाल खड्गी सेवा समिति केन्द्रीय कार्यालयले आफ्नै पहलमा मन्त्रालयस“ग स्वीकृत प्राप्त गरी मन्त्रालयद्वारा पशु वधशाला निर्माणका लागि छुट्याइएको बजेटबाट हेटौंडामा पशु वधशाला निर्माण गर्न पहिलो प्राथमिकता दिएपछि संघ तातेको थियो। तर, व्यवसायी भने वधशाला माग्दामाग्दै हैरान भएका छन्।

पशु वधशाला तथा मासु जा“च ऐन कार्यान्वयनमा ल्याउन विशेष पहल भएको सन्दर्भमा हेटौंडामा वधशाला निर्माणका लागि संघलाई सूचना प्राप्त भएको भन्दै संघ अध्यक्ष विषलाल खड्गीले सरकारद्वारा प्रदान गरिने सहयोगबाट उचित स्थान औंल्याइ निर्माण कार्य शुरू गर्न आफूहरू तयार रहेको बताएका थिए।

हटिया, हर्नामाडी, चुरियामाई र पदमपोखरी गाविस हेटौंडा नगरपालिकामा गाभिएर २५ वटा वडामा फैलिएपछि ऐनको क्षेत्र विस्तार गर्न संघले आग्रह गरेको छ। सरकारले २०५५ सालमा देशमा पहिलोपटक हेटौंडा नगरका पूर्वमा चौघडा बजार, पश्चिममा नवलपुर सरस्वती खोल्सा, उत्तरमा चौकीटोल ढाट र दक्षिणमा स्यार्सेकालिका पम्पलाई चार किल्ला तोकेर पशु वधशाला तथा मासु जा“च ऐन लागू गरेको थियो।

जिल्ला प्रशासन कार्यालयमा संघसहित बसेको सर्वपक्षीय बैठकले हेटौंडाको चार किल्लालाई मासु बिक्री निषेधित क्षेत्रसमेत घोषणा गरिसकेको छ। पूर्वमा सानोपोखरा गणेश मन्दिर, पश्चिममा राप्तीपुल, उत्तरमा चौकीटोल ढाट र दक्षिणमा कर्रा पुल क्षेत्रभित्र मासु पसल राख्न निषेध गर्ने निर्णय भएको थियो। यद्यपि, उक्त ऐनको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन।पशु वधशाला तथा मासु जा“च ऐन लागु भएको हेटौंडाका उपभोक्ताले स्वस्थ्य मासु उपभोग गर्न पाएका भने छैनन्।

पशु काटमारको संख्या बढ्दै जा“दा हेटौंडामा वधशाला निर्माण योजना अलपत्र परेको छ। स्थानीय प्रशासनको अनुगमनले वधशाला निर्माण गर्नुपर्ने निचोड पेश गरेपछि माछामासु व्यवसायी संघले माग राखे पनि वधशाला निर्माण हुन सकेको छैन।
करिब १ बिगाहा जग्गा माग गर्दै संघले वधशाला निर्माण गर्ने योजना पेश गरे पनि हेटौंडा उपमहानगरपालिकाले जग्गा उपलब्ध नगराउ“दा योजना अलपत्र परेको हो। संघले पटकपटक उपमहानगरपालिकास“ग जग्गा माग गरे पनि हालसम्म चासो नदेखाएको बताएको छ।

उपमहानगरपालिका कार्यालयस“ग छलफल भए पनि उसले चासो नराखेको संघ अध्यक्ष खड्गीले बताउनुभयो। उहा“ले प्रायः हेटौंडा बसपार्कमा माछामासु व्यवसाय गर्ने व्यवसायीले वधको समस्या झेल्नुपरेको गुनासो गर्नुभयो। एकै स्थानमा वधशाला निर्माण नहु“दा बढी परिमाणमा माछामासु बिक्री गर्ने व्यवसायी प्रत्यक्ष मारमा परेको उहा“को भनाइ छ।

‘हामी बसपार्कमा निर्माण भएको मासु बजारमा जान तयार छौं। तर, नगरपालिकाले त्यसको संरचना सामान्य फेरबदल गर्नु जरुरी छ’, माछामासु व्यवसायी संघ मकवानपुर महासचिव नारायण राजथलाले भन्नुभयो। कान्तिलोकपथ, त्रिभुवन राजपथ, संगमचोक, अजरअमर रोड र चौकीटोललगायत क्षेत्रमा वधस्थल र मासु पसल व्यवस्थित गर्न नसकिएको राजथलाले स्वीकार गर्नुभयोे।

माछामासु व्यवसायलाई व्यवस्थित गर्न स्थानीय प्रशासनले केही समयअघि हेटौंडा उपमहानगरपालिकाका सहरी विकास तथा वातावरण महाशाखा प्रबन्धक बीके महर्जनको संयोजकत्वमा कार्यदल बनाएको थियो। पशु वधशाला निर्माण हुन नसक्दा जथाभावी बध गरिएको मासु खान बाध्य नगरबासीले पटकपटक गुनासो गरे पनि सुनुवाइ हुन सकेको छैन। सरकारले २०५७ मा ल्याएको नियमावली वैशाख १ गतेदेखि हेटौंडा नगरक्षेत्रमा लागू भएको घोषणा गरेको थियो।

बढ्दो शहरीकरण र जनसंख्या बृद्दिस“गै माछामासुको माग र बिक्री बढ्दो छ। होटल, रेष्टुरा“, तारे होटल र आवादी बढ्दै जा“दा माछामासु उत्पादन र बिक्री बढेको संघले जनाएको छ। मकवानपुरमा हाल दैनिक करिब १५ मेट्रिकटन माछामासु खपत भइरहेको संघ अध्यक्ष खड्गीले बताए। उनका अनुसार हाल दैनिक ४० वटा रा“गा, १ हजार ५ सय कुखुरा र ५ सय वटा खसीको मासु बिक्री भइरहेको छ। करिब एक क्वीन्टल माछा खपत हुने गरेको छ।

१ सय १५ बढी व्यवसायी आबद्ध संघले मासु जिल्लाबाहिर निर्यात गर्ने नगरेको दाबी गरिएको छ। उपमहानगरपालिकाले छरिएर रहेका माछामासु पसल एकत्रित गर्न पा“च वर्षअघि बसपार्कमा निर्माण सम्पन्न गरेको ८० वटा पसल÷कवल माछामासु बिक्रीका लागि सा“घुरो भएको भन्दै व्यवसायी स्थानान्तरण हुन आनाकानी गरिरहेका थियो।

प्रतिक्रिया दिनुहोस्