युरोपले अमेरिकासामू हतियार बुझाउनु आवश्यक छैन ः मेक्केन



म्युनिख, (एजेन्सी)
सुरक्षासम्बन्धी एउटा सम्मेलनमा भाग लिन जर्मनी पुगेका रिपब्लिकन नेता तथा सिनेटर जोन मेक्केनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लडखडाइरहेको बताए। उनको टोलीमा एक प्रकारको विखण्डन स्थिति रहेको मेक्केनले बताए।
मेक्केनले ट्रम्पको प्रशासनमा भइरहेको घटनाक्रमलाई कुनै पनि स्थितिमा राम्रो भन्न नसक्ने पनि दाबी गरे। उनले वासिंगटन यी दिनहरूमा कठिन स्थितिबाट गुज्रिरहेको बताए। सिनेटर मेक्केनलाई ट्रम्पका कट्टर विरोधी मानिन्छ। चुनाव प्रसारकै बेला मेक्केनले ट्रम्पको कडा विरोध गरेका थिए।

मेक्केनले भने– ‘मलाई लाग्छ, माइकल फिनको मुद्दालाई लिएर ट्रम्प प्रशासनमा समस्या आएको छ। राष्ट्रपति एक समय एउटा बयान जारी गर्छ र अर्को पटक आफंैले त्यसलाई गलत भएको बताउ“छन्। यसबाट थाहा पाउन सक्छ कि कुनै राष्ट्रपति कसरी आफ्नै कुरालाई गलत प्रमाणित गरिरहेको छ। युरोपेली सरकारहरू ट्रम्पको विदेश नीतिलाई लिएर कुनै धारणा बनाउन नसकेको अवस्थामा रहेको कुरा बाहिर आइरहेको छ। नेटोको मुद्दा, रुस, इरान वा इजरायलको मुद्दामा ट्रम्पको विचार र नीति विवादास्पद रह“दै आएको छ।

मेक्केनले भने– ‘अमेरिका यतिबेला विश्व नेतृत्वको भूमिकामा छैन। आप्रवासीलाई लिएर अमेरिकामा नीति परिवर्तन भइरहेको छ। सत्यलाई असत्यबाट अलग्याउने विषयलाई लिएर कुनै चाहना देखिरहेको छैन। यसलाई राम्रो मान्न सकि“दैन। मेक्केनले युरोपेली मन्चलाई अमेरिकाको सामू नतमस्तक भई हतियार नबुझाउन पनि आग्रह गरे। मेक्केनले भने– मित्रहरू कुनै गल्ती नगर्नुहोला। यो खतरनाक समय हो। तपार्इंहरूले अमेरिकालाई कुनै पनि गणनामा गन्ती गर्नु आवश्यक छैन।’

सुरक्षा सम्मेलनमा अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले स्पष्टिकरणको भाषामा भेन हामी आफ्ना नेटो सहयोगीहरूलाई यो भन्न चाहन्छौं कि अमेरिका भूमध्य सागरको पूर्वी तथा दक्षिणी देशस“ग रुसले छेडेको युद्धको समर्थन गर्दैन। ट्रम्पले राष्ट्रपति पद सम्हालेको लगत्तै नेटोलाई पूरा समर्थन गर्ने घोषणा गरेको बताउ“दै आजको स्थितिमा नेटोको रणनीतिक रूपमा किन आवश्यक छ भन्ने कुरा उनले बुझेको बताए। अमेरिका र उसको युरोपेली सहयोगी देश चुनौतीहरूमाथि लगातार विचार गरिरहेको उनले बताए। ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लिए पनि आफ्ना मित्र देशहरूलाई आफ्नो धारणा राखिसकेको उनले थपे।

ट्रम्पले माइकल प्mिलनलाई अमेरिकाको नेसनल सेक्युरिटी एडभाइजरमा नियुक्त गरेका थिए। तर हालै मात्र प्mिलनको रुसी राजदूतस“ग वार्ता भएको खुलासा भएको थियो। यो घटना ट्रम्प राष्ट्रपति नहु“दैको थियो। विवाद बढेपछि प्mिलनले राजीनामा दिनुप¥यो।

प्रतिक्रिया दिनुहोस्