अस्मित ल्याए असीमित



गायक अस्मित लिम्बु दर्शक स्रोतामाझ असीमित नामक गीति अडियो एल्बम लिएर आएका छन्।

संगीत, रचना र स्वर अस्मितकै रहेको यो एल्बममा उनले फूलबुट्टे सारी, जहा“ गए पनि, लाउ“दा पनि नहुने, फुल्न नपाई झ¥यो, आज मैले सपना देखेंजस्ता आधा दर्जन गीत संगृहित गरेका छन्।

एल्बममा संगृहित आज मैले सपना देखें बोलको गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ। राजीव कपालीको निर्देशनमा तयार भएको भिडियोमा संकल्प श्रेष्ठ, बबी श्रेष्ठ र विकल्प श्रेष्ठको अभिनय रहेको छ। यो भिडियोले छोटो समयमै युट्युबमा राम्रो भ्युअर्स पाउन सफल भएको छ। यसबाट आफू अझ बढी उत्साहित भएको अस्मितले बताए।

२ वर्ष अर्जुन पोखरेल, राम सिटौलास“ग अनुराग संगीत पाठशालामा संगीतको कक्षा लिएका उनले आफू सानैदेखि नै विभिन्न कार्यक्रममा गीत गाउने गरेको पनि पहिलोपल्ट असीमित बजारमा ल्याएका हुन्।

झापा धर्मपुर स्थायी घर भई यतिबेला राजधानीलाई आफ्नो कर्मथलो बनाएका अस्मित पहिलो एल्बमबाट नै राम्रो रेस्पोन्स पाइरहेको बताउ“छन्। अब आफ्नो नेपाली गीत–संगीतबाहेक अर्को कुनै योजना नभएको बताउने अस्मित गीत–संगीतलाई सुख–दुःखको साथी मान्छन्।

प्रतिक्रिया दिनुहोस्