करिश्मा सम्बन्धमा



एक जमानाकी चर्चित बलिउड अभिनेतृ करिश्मा कपुर र बिजनेस म्यान सन्दीप तोसनिवालको सम्बन्धलाई लिएर भारतीय मिडियामा निकै हलचल हुने गर्दछ।

तर, आफूहरूबीचको सम्बन्धलाई लिएर भारतीय सञ्चारमाध्यममा छाएका समाचारबारे भने यी दुवैले हालसम्म मुख खोलेका छैनन्। खबरअनुसार अब सन्दीप आफ्नी पत्नीस“ग सम्बन्ध विच्छेद गर्न चाहन्छन्। समाचारमा जनाइएअनुसार सन्दीपको भनाइ छ कि उनकी पत्नी मानसिकरूपमा रोगी छिन् र यस्को असर उनीहरूको सम्बन्धमा परेको छ। सन्दीपको ११ र ६ वर्षको दुई छोरीहरू छन्।

त्यस्तै बलिउड नायिका करिना कपुरकी दिदी करिश्माको अदालतमा चलेको लामो लडाइ“पछि पति सञ्जय कपुरस“ग डिभोर्स भएको छ। उनले आफ्नो पतिलाई दाइजो मागेको र ≈यारेस्मेन्ट गरेको भन्दै केस दायर गरेकी थिइन्। समाचारअनुसार करिश्मा केही समयदेखि सन्दीपस“ग डेटमा छिन्। सन्दीपको सम्बन्ध विच्छेदपछि छिट्टै यी दुई विवाह बन्धनमा बा“धिने भारतीय सञ्चारमाध्यले चर्चा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्