लमजुङ रमायो संगीत र कमेडीमा



लमजुङ, (नेस)। यहा“ जारी महोत्सवमा प्रस्तुत हु“दै आएका गीत–संगीत र नृत्यको कार्यक्रमले लमजुङलाई यतिखेर संगीतमय बनाएको छ। सातौं सुन्दरबजार महोत्सवको सातौं दिन शुक्रबार लोकगायकहरू रामजी खा“ड, कालीप्रसाद बास्कोटा, मञ्जु विक, ठाडोभाका शिरोमणि भेडीखर्के साइ“ला तथा हास्य कलाकार विष्णु सापकोटा ‘हर्के हवल्दार’ लगायतले आफ्ना प्रस्तुतिमार्फत् दर्शकलाई भरपुर मनोरञ्जन गराए।

रामजी खा“णले मायाले नबोली नबोली फसायो बोलको गीत गाउ“दा दर्शकहरू निकै हौसिए। रामजीको भाकामा दर्शकहरूले पनि स“गस“गै भाका जोडेर र नाचेर साथ दिए। उनले फूल फुलेर पहेंलैसहितका गीत गाउ“दा पनि दर्शकले त्यसै गरी साथ दिएका थिए। मनोरञ्जनमय बनेको कार्यक्रममा गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले बालकदेखि वृद्धसम्मलाई लोभ्याउ“दै विभिन्न गीत–संगीत प्रस्तुत गरेर दर्शकको मन जिते।

कार्यक्रममा हास्य कलाकार विष्णु सापकोटा ‘हर्के हवल्दार’ ले एकल हास्य प्रस्तुतिका साथमा लक्ष्मी तिमिल्सिना ‘बाटुली’ का साथमा अर्को हास्यव्यंग्य प्रस्तुत गरेर दर्शकलाई पेट मिची–मिची हसाएका थिए।

प्रतिक्रिया दिनुहोस्