आवाजबिनाको १४ फ्रेबुअरी



प्रेम दिवसको अवसर पारेर १४ फ्रेबुअरी नामक साइलेन्स फिल्म सार्वजनिक गरिएको छ। फिल्म प्रेमिल जोडीका लागि भ्यालेनटाइन खुराक भन्दै सार्वजनिक गरिएको हो।

एउटा सत्य प्रेमको यथार्थता भनिएको १४ फ्रेबुअरी डिजिटल मिडिया युट्युबमार्फत् एकसाथ संसारभरका लागि सार्वजनिक गरिएको हो। गीतकार तथा मोडल दर्पण राईद्वारा निर्देशित यो छोटो फिल्म आवाजविहीन भए पनि प्रेमका भावनाहरु तरंगित गरिएको छ। यस फिल्ममा दर्पण राई र सम्झना राईले आफ्नो अभिनयमार्फत् करिब १५ मिनेटमै सत्य प्रेममा के हुन्छ, के हुन्न भन्ने स्पष्ट दर्शाएका छन्। दर्पण र सम्झनाको अभिनयलाई ध्वनीमार्फत् अझ प्रस्टाउन खोजिएको छ।
एमएमएस इन्टरटेनमेन्टको प्रस्तुति रहेको १४ फ्रेबुअरीमा संगीत गायक तथा संगीतकार विनय केटुको छ भने छायांकन डम्मर राई र सम्पादन प्रेम शर्माको रहेको छ।

प्रतिक्रिया दिनुहोस्