फ्रान्सेली राष्ट्रपतिको निर्वाचनमा जासुसी गर्न सीआईएको निर्देशन: विकिलिक्स



लन्डन (बेलायत), ६ फागुन । विकिलिक्सद्वारा बिहीबार सात पृष्ठ लामो एक दस्तावेज सार्वजनिक गर्दै फ्रान्सको सन् २०१२ मा भएको राष्ट्रपतिको निर्वाचनमा जासुसी गर्न अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) ले आफ्ना अधिकारीहरुलाई निर्देशन दिएको जनाइएको छ ।

बिहीबार राति विकिलिक्सद्वारा उक्त दस्तावेजलाई सार्वजनिक गर्दै भनिएको छ, अमेरिकी जासुसहरु अनधिकृत रुपमा निर्वाचन अभियानलाई प्रभावित तुल्याउन खटिएको बताइएको छ ।
विकिलिक्सद्वारा प्रकाशित सीआईएसम्बन्धी गोप्य दस्तावेज असाधारण भए पनि निर्देशन सामान्य सूचना सङ्कलन जस्तो देखिएको छ ।

फ्रान्सेली सञ्चारमाध्यमले दस्तावेजबाट निर्वाचन हुनुभन्दा दुई महिना पहिले सार्वजनिक यस सूचनालाई खासै महत्व भने दिएको पाइएन । सीआईएद्वारा दस्तावेजबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

विकिलिक्सले दस्तावेज कहाँबाट आएको हो भन्ने विषयमा प्रतिक्रिया नदिएको तर इमेलमार्फत सूचना आधिकारिक भएको जनाएको छ । रासस/एपी

प्रतिक्रिया दिनुहोस्