आमिरको गोप्य सम्बन्ध



बलिउडम यस्ता धेरै स्टारहरु छन्, जसको सिक्रेट रिलेसनसिपका कारण मिडियामा धेरै चर्चा हुने गर्छ। नायक आमिर खानको अफेयर जेसिका हायन्स नामक विदेशी पत्रकारसँग रहेको चर्चा अहिले चुलिएको छ।

एक भारतीय म्यागेजिनमा छापिएको समाचारअनुसार अमिर र जेसिकाबीच सन् १९९८ मा फिल्म गुलामको सेटमा भएको थियो। त्यसै बेला यी दुईबीच रिलेसन शुरु भएपछि लिभ इन रिलेसनसिपमा बस्न थालेका थिए। समाचार सामग्रीमा भनिएको छ कि लिभिङ रिलेसनका जेसिका गर्भवती भएकी थिइन्। त्यसपछि अमिरको जिन्दगीमा आँधीबेहरी नै आयो। उनले जेसिकालाई गर्भपतन गराउन दबाब दिए। अमिरले कि गर्भपतन गराउन कि सधैंका लागि सम्बन्ध तोडिदिन भनेका थिए। तर, जेसिकाले भने गर्भपतन गराउन अस्वीकार गरिन् र लन्डन गइन्।

उनले सन्तानलाई जन्म दिइछोडिन्। उनी एक्लैले बच्चाको स्याहार र पालनपोषण गर्न थालिन्। आफ्नो बच्चाको नाम उनले जोन राखिन्। भनिन्छ कि आमिरले ती बच्चालाई कहिल्यै पनि आफ्नो हो भनेर स्वीकारेनन्।

प्रतिक्रिया दिनुहोस्