देउवाको एम्बुसमा प्रचण्ड



आइजीपी नियुक्ति प्रकरणमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको अडानलाई देखेर उहाँलाई नेपाली कांग्रेसको होइन नेपाली कांग्रेस सुदुरपश्चिमको नेता भन्नुपर्ने हो कि भनेर धेरै रनभुल्लमा परेको धरहराले थाहा पाएको हो। तर , आइतबार क्याबिनेट निर्णय भइसकेपछि उहाँले आइजीपी नियुक्तिको काम मन्त्रिपरिषद्को भएको र आफनो हस्तक्षेप हुन नसक्ने जनाएर सुदुरपश्चिम कांग्रेसको सभापतिबाट आफूलाई कांग्रेस सभापति बनाउने प्रयास गर्नु भएको छ।

यो मामिलामा देउवाले प्रधानमन्त्रीलाई हिजो ‘जनयुद्ध’ दिवसकै दिन नराम्रोसँग एम्बुसमा पार्नु भएको चर्चा चलेको छ। एकताका प्रचण्डले देउवालाई एम्बुसमा पारेर हत्या प्रयास गर्नु भएको थियो भने प्रचण्डलाई देउवाले आइतबार एम्बुसमा पार्नु भएको छ। अदालतको अन्तिम फैसला के हुन्छ त्यो हेर्न बाँकी नै छ। धरहरा छेउछाउकाहरु तर्क गरिरहेका थिए—प्रचण्डले देउवालाई दोष दिनै मिल्दैन। किनकि उहाँ कार्यकारी पदमा भएको मान्छेले निर्णय गर्ने हो। भोलि देउवाले आरजुलाई माओवादीको अध्यक्ष बनाऊ नत्र सत्ता गठबन्ध टुट्छ भने के प्रचण्डले त्यसो गर्नुहोला ?

त्यही त कुरामा दम चाहिं छ है। बोलुम् सत्ता गठबन्धनमा अप्ठेरो। नबोलुम् देउवाले एम्बुसमा पार्ने वक्तव्य जारी गर्नुभयो। प्रम पुकदाले के भन्नुहुन्छ? दवावले भनौं भने आरजुलाई अध्यक्ष बनाउन दबाब आयो भने के गर्ने भनेर आफ्नै कार्यकर्ताले सोध्लान्। यस्तो पनि हुँदो रहेछ पाठकबृन्द धर्मसंकट भन्ने कुरा।

प्रतिक्रिया दिनुहोस्