प्रियंकालाई झट्का



बलिउड अभिनेतृ
प्रियंका चोपडा हाल अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाइसकेकी नायिकाको सूचीमा रहेकी छिन्। अमेरिकन टेलिभिजनबाट प्रसारण हुने क्वाटिकोमा उनी सीआईए एजेन्टको भूमिका निर्वाह गरिरहेकी छिन्। जसले गर्दा उनको करियरमा खास फाइदा भएको छ। जसका कारण हलिउडमा उनको चर्चा बढेको छ र अन्तर्राष्ट्रियस्तरमा उनले नाम कमाइरहेकी छिन्।

यसकै कारण उनलाई हलिउड फिल्म बेवाचमा पनि काम गर्ने मौका मिलेको छ। क्वाटिकोको पहिलो सिजन सफल भएको थियो। त्यसैले दोस्रो सिजनमा पनि प्रियंकालाई राखिएको थियो। तर, प्रियंकालाई जोडदार झड्का तब लाग्यो, जब क्वाटिकोको खराब रेटिङको कारण कार्यक्रम बन्द हुने कुराको चर्चा हुन लाग्यो। यूएसएको टेलिभिजन ट्रेकिङ सिस्टमका अनुसार खराब रेटिङका कारण क्वाटिको बन्द हुन सक्छ। उनले क्वाटिकोका लागि धेरै हट सिनहरू दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्