प्रेम दिवसलाई एल्बम



प्रेमजोडीहरूको दिवस प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेलाई ध्यानमा राखी गायक अशोक बरालले आई लभ यु नामक एल्बम दर्शक स्रोतामाझ ल्याएका छन्। गोल्डेन क्रियसन प्रालिको प्रस्तुति रहेको आई लभ यु प्लिजमा अशोकलाई गायिका कोमल ओलीले स्वरमा साथ दिएकी छन्।

अशोक बरालको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको आई लभ यु प्लिजको म्युजिक भिडियोलाई स्मृति तिमल्सिना (गुरूआमा) ले निर्देशन गरेकी छन्। दुर्गा पौडेलको छायांकन रहेको भिडियोमा दीपक विष्टको सम्पादन रहेको छ। भिडियोमा गायिका ओली र महेन्द्र गौतमको अनस्क्रिन रोमान्स देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्