लेखापरीक्षक परिश्रमीको तिर्सना

0
Shares

लेखापरीक्षक तथा गीतकार डीपी परिश्रमीले रचना गरेका आधुनिक गीतहरूको एल्बम तिर्सना सार्वजनिक गरिएको छ। पछिल्लो समय गीत रचनामा सक्रिय रहेका परिश्रमीले आफ्नो यो एल्बममा सुगम संगीतमा आधारित ७ गीत
समावेश छन्।

एल्बमका गीतमा मिलन अमात्य, हेमन्त शर्मा, आस्था राउत, राज सिग्देल, प्रमोद खरेल जस्ता लोकप्रिय गायक–गायिकाका स्वरहरू समावेश छन्। एल्बमका सबै गीतहरूमा संगीतकार शम्भुजित बासकोटाले संगीत दिएका छन्। यो एल्बमलाई डिलाइटेड म्युजिकले बजारमा ल्याएको हो।

गीतकार परिश्रमीले एल्बममा समावेश गरिएका दुई भिन्न गीतका म्युजिक भिडियोहरू पनि सार्वजनिक गरेका छन्। एल्बममा संगृहित मिलन अमात्यको स्वरको आँखाबाट गीतको म्युजिक भिडियो केही महिनाअघि नै सार्वजनिक भइसकेको छ। अर्जुन अधिकारीद्वारा निर्देशित यसको म्युजिक भिडियोमा विपना थापा र अनील थापाले अभिनय गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन्।

एल्बममा संगृहित आज भोलि बोलको गीतको म्युजिक भिडियो भने यसै साता सार्वजनिक भएको छ। यसको म्युजिक भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका छन्। यो भिडियोमा स्मृति बस्नेत र विशाल महर्जनले अभिनय गरेका छन्।

Skip This