मागी होइन, भागी विवाह



शेरबहादुर थापा, सुर्खेत
र्खेतमा एउटा यस्तो ठाउँ छ, त्यहाँ मागी विवाहभन्दा भागी विवाह धेरै हुने गरेको छ, त्यो ठाउँ हो सुर्खेतको पश्चिम क्षेत्र बाबियाचौर। बाबियाचौरमा विगतका केही वर्षदेखि अधिकांश भागी विवाह हुने गरेको स्थानीय बताउँछन्।

बाबियाचौरमा मात्र होइन, जिल्लाका पश्चिमी क्षेत्रका धेरैजसो गाविसमा १३ वर्षदेखि १८ वर्षको बालबालिकाकाले मागीभन्दा भागी विवाह गर्ने गरेको आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले बताइन्। निम्न माध्यमिक तह अभ्ययन गर्ने उमेरमा मायाप्रेम गर्ने र बाबुआमाले स्वीकार नगरे पनि आफूखुसी भागेर विवाह गर्ने गरेका छन्। यसरी बालबालिकाले आफूखुसी विवाह गर्दा पढाइसमेत अधुरो हुने गरेको निर्देशक शाहीले बताइन्। ‘यसरी गरेको विवाह धेरै समय टिकेको देखिँदैन’, उनले भनिन्– ‘एक⁄दुई महिना नबित्दै सम्बन्ध विच्छेद गर्नुपर्ने स्थिति सिर्जना हुन्छ। भागी विवाह हुनुको प्रमुख कारण भनेको अभिभावकको हेलचक्इइँ हो।’ समयमै आफ्ना छोराछोरीको अवस्था, रुचि र उनीहरूको गतिविधिको ख्याल नगर्दा सानै उमेरमा भागेर विवाह गर्ने गर्छन्। बाबियाचौरको संस्कृति नै यस्तो भइसकेको उनी बताउँछिन्।

‘हिन्दु धर्मअनुसार विवाह भएपछि माइती मान्नुपर्ने प्रचलन हुन्छ’, निर्देशक शाही भन्छिन्– ‘आमाबाबुले विवाह गर्न नमानिदिने भएपछि छरछिमेकलाई माइती मानेर विवाह गर्ने गरेका छन्।’ घरपरिवारसँग मागेर विवाह गर्दा सम्बन्ध दिगो हुने भए पनि त्यसो हुन सकेको छैन।

गाविसको बालविवाहको अवस्थाका बारेमा आवाज संस्थाले गरेको सर्वेक्षणअनुसार शिक्षित बालबालिकाले मागीभन्दा भागी विवाह गर्ने गरेको पाइएको छ। सर्वेक्षणअनुसार गाविसमा ९७ प्रतिशतले भागी विवाह गरेका छन्। तथ्यांकलाई हेर्ने हो भने ३ प्रतिशतले मात्र उमेर पुगेर अथवा मागी विवाह गर्ने गरेका छन्। सर्वेक्षणका क्रममा वडा नं ५ मा मात्रै ४ प्रतिशतले उमेर पुगेर मागी विवाह गरेको पाइएको छ भने बाँकी ९६ प्रतिशतले भने उमेर नपुग्दै भागी विवाह गरेको निर्देशक शाहीले बताइन्।

किन गर्छन् भागी विवाह ?
सबैभन्दा भागी विवाह गर्नुको प्रमुख कारण भनेको अभिभावकको लापरबाही नै हो। अभिभावकले आफ्ना छोराछोरीलाई नियन्त्रणमा लिन नसक्दा भागी विवाह हुने गरेको बाल अधिकारकर्मी बताउँछन्। उनीहरूको अवस्थाको ख्यालै नगर्दा सानै उमेरमा प्रेम सम्बन्धमा जोडिने, त्यसपश्चात् घरमा बिहेको प्रस्ताव राख्दा नमानेरै कानुनविपरीत विवाह गर्ने गर्छन्।

अर्को समस्या भनेको गरिबी हो। सानो उमेरमा एक पक्षीयसँग आर्थिक अभाव हुने कारणले गर्दा पछिल्लो समय भागी विवाह हुनुको अर्को कारण हो, प्रविधिको दुरूपयोग। प्रविधिको सही प्रयोग गर्न नसक्दा भागी विवाह गर्नेको संख्या पछिल्लो समय बढ््दै गएको हो। अभिभावकले सानै उमेरमा छोराछोरीको हातमा मोबाइल फोन दिने गरेका कारण गर्दा सानै उमेरमा भागी विवाह गर्ने गरेको सम्बद्धहरू बताउँछन्। सानै उमेरमा विवाहको गर्नुको अर्का कारण जनचेतनाको अभाव हो। कम उमेरमा विवाह गर्दा पछि भोग्नुपर्ने समस्याका बारेमा जानकारी पहिले नै थाहा नपाउँदा भागी विवाह हुने गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्