सन्दीप उत्कृष्ट युवा क्रिकेटरको सूचीमा



काठमाडौं, (नेस)
नेपालका सन्दीप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरको सूचीमा परेका छन्। ‘अल आउट क्रिकेट’ले शुक्रबार सार्वजनिक गरेको सूचीमा सन्दीप विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची परेका हुन्।

उनी ३०औं नम्बरमा परेका छन्। विश्वभरका क्रिकेट लेखकहरूको मतका आधारमा ‘अल आउट क्रिकेट’ले यो सूची बनाइएको हो। अहिलेसम्म २० जनाको नाम सार्वजनिक गरिएको छ भने शीर्ष १० को नाम आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्