आठ मेडिकलमा प्रशासनको छापा पाँचवटामा तालाबन्दी



ललित सिंह, बझाङ
सदरमुकाम चैनपुरमा अनुमतिपत्र नलिई लामो समयदेखि सञ्चालनमा रहेका आठ निजी मेडिकलमा प्रशासनले छापा हानेको छ। छापा हान्दा कुनै पनि कागतपत्र वैधानिक रूपमा नराखेको भन्दै तीन मेडिकलमा प्रशासनले अनिश्चित्कालीन तालाबन्दी गरेको छ। तालाबन्दी हुनेमा दुई भारतीय मूलका व्यक्तिका मेडिकल रहेका छन्।

सरकारी अनुमतिपत्र नै नलिई विनातालिमका मेडिकल दश वर्षअघिदेखि सञ्चालन हँुदै आएका भए पनि पहिलोपटक स्थानीय प्रशासनले भगवती हेल्थ क्लिनिक, न्यु चैन मेडिकल, कालिका मेडिकल, जितेन्द्र मेडिकल, राज आयुर्वेद, आकास मेडिकल, सुर्मा मेडिकल र अमिसा हस्पिटलमा छापा मारेको छ। प्रशासनले छापा मार्दा कुनै पनि कागतपत्र नराखेको भन्दै भारतीय मूलका दुई र अन्य तीन गरी पाँच मेडिकलमा अनिश्चित्कालीन ताला बन्दी गरेको हो। बजारमा खोलिएका निजी मेडिकलमा पढे लेखेका र अनुभवी स्वास्थ्यकर्मी निकै कम छन्। अधिकांशले देखासिकीमा पैसा कमाउने उद्देश्यले मेडिकल खोलका छन्।

बिरामीलाई रोग नै थाहा नपाई अनुमानको भरमा विभिन्न खालको औषधि दोब्बर मूल्य लिएर बिक्री गर्ने गरेको पत्रकार जगदीश रोकायाले बताए। उनले भने– ‘बझाङको सदरमुकाम चैनपुरमा बिरामीलाई जथाभावी औषधि प्रयोग हुने गरेको छ बिरामीसँग एक चक्की सिटामोलको ५ देखि १० रुपियाँसम्म लिने गरेको छन्।’ भगवती मेडिकलमा ६० रुपियाँ पर्ने छालाको रोगको एक औषधिमा आफूसँग ३ सय रुपियाँ लिएको रोकायाले बताए। ‘दैनिक सदरमुका चैनपुरमा नक्कली डाक्टरको ठगीमा बझाङ सर्वसाधारण बिरामी हँुदै आइरहेका थिए। स्थानीय प्रशासन मौन थियो। धेरैपटक मौखिरूपमा जानकारी गराए पनि कारबाही भएको थिएन’ –नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले बताए। उनले भने– ‘एक जनासँग पनि लाइसेन्स छैन कुनै ठाउँमा सरकारी नियमअनुसार दर्ता पनि भएका छैन। बल्ल स्थानीय प्रशासन जागेको छ।’

बजारमा सञ्चालन गरिएका ८ निजी मेडिकलमा अनुगमन गर्दा सबै मेडिकलमा विनाप्रमाण र विनातालिमका व्यक्तिले मेडिकल सञ्चालन गरेका र तालिम प्राप्त भएका मेडिकलमा पनि सीमएसम्म अध्ययन गरेका स्वास्थ्यकर्मी बसेका, एमडीले चेकजाँच गर्ने, २५ किसिमका औषधि राख्न पाउने व्यवस्था भए पनि ५०⁄६० किसिमका औषधि राखेको भेटिएको जनस्वास्थ्य अधिकृत दयानन्द पन्थले बताए। उनले भने– ‘पहुँचको आधारमा राखेका रहेछन् कानुको पालना छैन। बिरामीलाई उपचार हैन छिटो मृत्युको मुखमा धकेल्ने काम भएको मूल्य पनि मनोमानी रहेछ। चैन मेडिकले सामान्य बिरामीलाई औषधिको बिलमा एकै व्यतिmलाई ७ हजारको औषधि दिएको भेट्टाइयो। आफैं चेकजाँच गर्ने आफैं औषधि दिँदा रहेछन्।’

प्रतिक्रिया दिनुहोस्