आलियालाई इशारा



वरुण धवन, सिद्धार्थ मलहोत्रा र आलिया भट्टले करण जौहरको फिल्म स्टुडेन्ट अफ द एयरमार्फत् बलिउडमा एकैपटक इन्ट्री गरेका थिए। अहिले पनि यी तिनै स्टारबीच नजिकको सम्बन्ध छ। केही समयदेखि आलिया र सिद्धार्थबीच रोमान्स चलिरहेको चर्चा पनि चलिरहेको छ।

तैपनी दुवैले आफूहरूबीचको सम्बन्धका बारेमा चुप छन्। वरुणलाई आफ्ना यी दुई स्टारको सम्बन्धबारे सबै थाहा भएको उनको इशाराले देखाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

वरुण र आलिया हालै करण जौहरको टेलिभिजन शो कफी विद करणमा आफूहरुको आगामि फिल्म बद्रीनाथकी दुल्हनिया लिएर पुगेका थिए। शोको टिजरमा उनीहरु निकै जमेर देखिएका थिए। शोकै क्रममा करण जौहरले वरुणसँग त्यस्तो के छैन, जुन सिद्धार्थसँग छ भनेर सोध्छन्। तर, यसको जवाफमा वरुण केही भन्दैनन्, बरु साइडबाट आलियालाई हेरिरहन्छन्। यसले के इशारा गर्छ, बुझ्ने कुरा हो।

प्रतिक्रिया दिनुहोस्