नायिकाहरू रनवेमा


कायरा बुटिकले हरेक वर्ष जस्तै यो वर्ष पनि कायरा रन वे आयोजना गरेको छ। पाँचांै संस्करणको कायरा रन वे शोअन्तर्गत राजधानीको काठमाडौंको सिटी सेन्टरमा नेपालका चर्चित कलाकारको साथमा मोडलहरुले ¥याम्प नापे।

अनलाइनखबरको प्रस्तुतिमा आयोजना भएको कायरा रनवेमा चर्चित नायिकाहरुले सो स्टपरको रूपमा ¥याम्प नापेका थिए। त्यस अवसरमा नायिकाहरु ऋचा शर्मा, मेलिना मानन्धर, स्वस्तिमा खड्का, वर्षा राउत सो स्टपरका रूपमा बिरालोको चाल मार्दै ¥याम्पमा प्रस्तुत भए। यस्तै, निर्मातृ तथा निर्देशक दीपाश्री निरौला, मोडल नीलम ढकाल पनि सो स्टपरको रूपमा ¥याम्पमा उत्रिएका थिए। पहिलो सिक्वेन्समा नायिका ऋचा शर्मा ¥याम्पमा देखिएकी थिइन्। त्यसपछि क्रमशः स्वस्तिमा खड्का, मेलिना मानन्धर, वर्षा राउत, नीलम ढकाल र दीपाश्री निरौला सो स्टपरको रूपमा क्याटवाक गर्दै ¥याम्पमा हिँडेका थिए।

काठमाडांैको कमलादीस्थित सिटी सेन्टरमा आयोजना भएको फेसन शो हेर्नका लागि दर्शकको बाक्लो भीड लागेको थियो। कलाकार स्टेजमा चढ्दा दर्शकले हुटिङ गरेका थिए भने ताली बजाएर स्वागत गरेका थिए। कायरा बुटिककी प्रमुख रोजिना श्रेष्ठले नयाँ–नयाँ पहिरनहरुको प्रवद्र्धन गर्नका लागि हरेक वर्ष रन वेको आयोजना गर्दै आएको बताइन्। ‘कायरा बुटिकमा तयार भएका पहिरनका बारेमा जानकारी गराउनका लागि यस्तो शोको आयोजना गरिएको हो’ –उनले भनिन्।

कार्यक्रममा गायक रामकृष्ण ढकाल र धीरज राइले आफ्ना चर्चित गीत सुनाएर दर्शकलाई मनोरञ्जन दिएका थिए। यस्तै, हास्य कलाकार महादेव त्रिपाठीको जादुले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रमको सञ्चालन हास्य कलाकार जितु नेपालले गरेका थिए। जितुको कमेडीले कार्यक्रम अवधिभर दर्शकले मनोरञ्जन लिएका थिए। शोको कोरियोग्राफर धीरज तण्डुकार रहेका थिए।

Skip This