बलिउड निर्देशकको निर्देशनमा रोजको फिल्म शुरू


बलिउड फिल्म निर्देशक विवेक शर्माको निर्देशनमा निर्माणाधीन नेपाली र हिन्दीसहित धेरै भाषामा बन्ने फिल्म मेरो पैसा खोईको छायांकन शुरू भएको छ। फिल्मको मंगलबारबाट छायांकन शुरू गरिएको हो। फिल्म निर्माता, अभिनेता तथा निर्देशक रोज राणाको निर्माणमा बन्न लागेको हो।

फिल्ममा सौगात मल्ल, वर्षा राउत, सागर तिवारी, बुद्धी तामाङ, कमलमणि नेपाल, रविन तामाङ, छुल्ठिम गुरुङ, प्रमोद अग्रहरि मुख्य भूमिकामा रहनेछन् भने बलिउड नायिका जुही चावला र राजपाल यादवसमेत यसका कलाकार हुनेछन्। फिल्ममा संगीत वसन्त सापकोटा र द्वन्द्व चन्द्र पन्तको रहनेछ।

Skip This