लिम्बु संगीतको कार्यक्रम


हिलिहाङ हाक्पारे पालाम सयङ्ल लिम्बु संस्कृति चिनाउन वेस्मा लाङ्योक नामक कार्यक्रम गर्ने भएको छ। सांस्कृतिक संस्थानसँगको संयुक्त आयोजनामा राष्ट्रिय नाचघर जमलमा आगामि माघ २७ गते बिहीबार हुने कार्यक्रममा लिम्बु गीत–संगीतका धरोहर फेदापहाङ लाजेसा भगत सुब्बालाई अभिनन्दन गरिने जनाइएको छ। त्यसै गरी प्राज्ञ संगीतकार अशोक लोहोरुङ राईलाई सम्मान गरिने भएको छ।

कार्यक्रममा हिलिहाङ हाक्पारे पालाम सयङ्का सदस्य तथा संगीतकार तथा प्राज्ञ अशोक लोहोरुङ राईद्वारा संगीतबद्ध लिम्बु भाषाका गीतहरु मात्र प्रस्तुति हुनेछ। कार्यक्रममा लिम्बु भाका, मौलिक बाजागाजा अनि लिम्बुभाषी दर्जनौं गायकगायिकाको प्रत्यक्ष उपस्थितिमा सामूहिक लाइभ कन्सर्ट हेर्न र सुन्न सकिने बताइएको छ। कार्यक्रममा दीपक लिम्बु, मनु नेम्वाङ, देसु सुहाङ, कुशल थलङ, सञ्जय तुम्रोक, सुशन साम्सोहाङ, विष्णु चेम्जोङ, श्रेयसी चेम्जोङ, सीता सिङ्गक, सुनीता थेगिमलगायतको प्रस्तुति एकै मञ्चमा हेर्न पाइनेछ।

Skip This